Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लस एन्जलसमा आगलागीः हावा पुनः तीब्र गतिमा चल्ने चेतावनी, स्थिति झन विग्रिन सक्ने

    REUTERS

    २८ पुष, काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको डँढेल नियन्त्रण गर्न अग्नि नियन्त्रकरूले सम्पूर्ण शक्ति लगाएका छन् । आगलागी नियन्त्रणमा लिन विमानबाट आकासबाट पानी हालिदैछ ।

    पालिसेड्स क्षेत्रमा फैलिएको आगो ब्रेन्टवुड सम्म पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले उल्लेख गरेको छ । आगलागी नियन्त्रण हुन नसकेसँगै नागरिकहरूमा आक्रोश पनि बढ्दै गएको छ ।

    Advertisement

    Aerial assault aims to stem LA Palisades fire eastward spread

    Advertisement

    आगलागी कै बीच हावा चल्ने चेतावनी पनि दिइको छ । अमेरिकाको नेशनल वेदर सर्भिसले जुन हावाको कारण तीव्र गतिमा आगो फैलिएको थियो उक्त हावा पुनः तीव्र गतिमा चल्ने चेतावनी दिएको छ । ७० माईल्स प्रति घण्टाले हावा चल्ने र स्थिति झन विग्रिन सक्ने चेतावनी दिइएको छ ।

    डँढेलका कारण ठूलो क्षति भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार एकड जमिनमा फैलिएको आगलागीले थप घर जलेर नष्ट गरेको छ । यस अघि नै २२ हजार एकड जमिन जलाइसकेको छ ।

    Advertisement

    क्याल फायर अधिकारी टोड हप्किन्सले आगो ११ प्रतिशत नियन्त्रण भएको रिर्पोट गरे ।

    उक्त आगलागीमा परी अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

    Advertisement

    क्यालिफोर्नियाका सात छिमेकी राज्य तथा अमेरिकी केन्द्र सरकारले आगो नियन्त्रणका लागि सहायत पठाएका छन् । यसका साथै क्यानडा तथा मेक्सिकोबाट पनि सहायता पठाइएको छ । तर, अगो नियन्त्रणमा उल्लेख सफलता भने प्राप्त हुन सकेको छैन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »