Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कर्णाली नदीको स्रोत उपभोग गर्न संयुक्त सुझाव कार्यदल गठन

    प्रतिकात्मक तस्बिर

    ४ पुष, बाँके । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीचमा कर्णाली नदीको नदीजन्य स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न संयुक्त सुझाव कार्यदल गठन गरिएको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बीचमा बुधबार सम्पन्न संयुक्त संवादले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यदल गठन गरिएको हो ।

    Advertisement

    कार्यदलमा सुदूरपश्चिम प्रदेश सरकारका सचिव सदस्य, दुवै प्रदेशका वन मन्त्रालयका प्रतिनिधि, नदी तटीय क्षेत्रसँग जोडिएका स्थानीय तहका प्रतिनिधि, निकुञ्जका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधिलगायत सदस्य रहने छन् । सुझाव कार्यदलको सदस्य सचिवमा संवाद समूहको प्रतिनिधि रहने निणर्य भएको छ ।

    समितिले तीन तहका सरकारसँग जोडिएका समस्याको पहिचान गर्ने र समाधानका लागि विकल्प सहित प्राथमिकता निर्धारण गरेर सुझाव दिने बताइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »