Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्मला कुर्मी प्रकरणः कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन

    १२ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको खोजीमा अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले आज नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

    खान नेतृत्वको महिला समूहले आज ८१ औं दिन सानेपा स्थित कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।

    Advertisement

    ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार विभिन्न माग सहित कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गर्न बाध्य भएको बताएका छन ।

    नेपाल सरकारले निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत आन्दोलनकारीहरु संग विगत तीन वर्षमा चार पटक सम्म वार्ता र सहमति गरेको भएपनि आफूहरुको मागको सुनुवाई नभएको अधिकारकर्मी समूहको आरोप छ ।

    Advertisement

    प्रत्येक सहमतिपछि कार्यान्वयनको आशा र भरोसाका साथ आफूहरु न्यायको पर्खाइमा भएपनि कहिले छानबिन समितिको प्रतिवेदन, कहिले सि.आई.बि अनुसन्धानको प्रतिवेदन कार्यान्वयनको नाममा पटक पटक सरकारले निर्मला कुर्मीको मुद्दा छायामा पार्ने गरेको अधिकारकर्मी खानले जानकारी गराइन ।

    निर्मला कुर्मीको मुद्दा अदालत पु़र्‍याउनमा कानुन कार्यान्वयन गर्ने निकायका केही पदाधिकारीहरुको नियत शंकास्पद देखिएकोले पटक पटक आफूलाई सडकमा संघर्षमा आउन बाध्य पारिएको अधिकारकर्मीले बताए ।

    Advertisement

    गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । तर सरकारले यस विषयमा थप अनुसन्धान गरेको छैन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »