१२ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ स्वास्थ्य चौकी बेतहानी मा सञ्चालन गरिएको शिविरमा एक सय २५ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक ११ र १२ गते सञ्चालन गरिएको शिविरमा ५२ जना पुरुष र ७३ जना महिलाको निःशुल्क आँखा जाँच गरिएको हो ।
Advertisement
कार्यक्रम संयोजक वृजेश मिश्र अनुसार एक सय २५ जना मध्ये ४६ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा २७ जना पुरुष र २९ जना महिला रहेका छन ।
सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।
यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।
Advertisement
कात्तिक १ गते देखि डुडुवा गाँउपालिकाको विभिन्न स्थानमा सञ्चालन हुदैँ आएको निःशुल्क आँखा जाँचलाई निरन्तरता दिदैँ कात्तिक १३ गते डुडुवा गाँउपालिका वडा नं. १ चौफेरीमा रहेको सामुदायिक भवनमा शिविर सञ्चालन हुनेछ भने कात्तिक १४ गते वडा नं. १ को वडा कार्यालयमा आँखा जाँच हुने कार्यतालिका रहेको किभा फाउन्डेसनका प्रवक्ता एवं महासचिव अजय पाठकले जानकारी गराए ।
टिप्पणीहरू