४ कात्तिक, विराटनगर । झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।
शुक्रबार मोरङको उर्लाबारी नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुल सहित उर्लाबारी-६ का ३० बर्षीय प्रकाश बि.क. र ५१ बर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ ।
Advertisement
यस्तै, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१२ का २० बर्षीय रुपन लिम्बु, २८ बर्षीय असिम राई, ३६ बर्षीय संजिव थापा र त्रियुगा नगरपालिका-१३ का ३५ बर्षीय मलिन थापालाई प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हल्दिबारी गाउँपालिका-२ का २५ बर्षीय बिष्णु राजवंशीलाई १ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
Advertisement
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
टिप्पणीहरू