Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ई-चलान कार्यान्वयनमा ल्याइदैँ, नागरिक एप मार्फत जरिवाना तिर्न सकिने

    ४ कात्तिक, काठमाडौँ । सवारी चालकले अब सजिलै संग नागरिक एप मार्फत जरिवाना तिर्न सक्ने भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीले ई-चलान दिनेभएको छ ।

    आज देखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई-चलान’ दिने र तत्कालै नागरिक एप मार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    Advertisement

    सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ ।

    प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

    Advertisement

    यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन् ।

    नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्यूआर कोड देखाउने व्यवस्था गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »