Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सङ्घीयता, गणतन्त्र र समावेशितालाई कमजोर बनाउने गरी संविधान संशोधन हुँदैनः ईश्वर पोखरेल

    ८ असोज, सिन्धुली । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष (बरिष्ठ उपाध्यक्ष) ईश्वर पोखरेलले सङ्घीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने गरी संविधान संशोधन नहुने बताएका छन ।

    प्रेस चौतारी नेपाल सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले संविधान संशोधन गर्न प्रमुख राजनीतिक शक्तिहरू एक हुनुपर्ने र नेपालका सबै राजनीतिक दलहरू सँग सहमति कायम गरेर मात्रै संविधान संशोधन गरिने प्रष्ट पारे ।

    Advertisement

    संविधान संशोधन विशेष गरी शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अङ्गसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगायतका विषयमा संशोधनको आवश्यकता देखिएको कार्यवाहक अध्यक्ष पोखरेलले बताए ।

    नेकपा (एमाले) र नेपाली काँग्रेस बीच सत्ता सहकार्यपछि बनेको सरकारले जनताको भावना अनुसार काम अगाडि बढाएको भनाइ राख्दै उनले देशको आवश्यकताले नेपाली कांग्रेस सँग सत्ता सहकार्य गर्नुपरेको स्पष्ट पारे ।

    Advertisement

    देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिदै कार्यवाहक अध्यक्ष पोखरेलले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु नहुने भनाइ राखे । एमालेलाई निणर्ायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टीपङ्तीलाई अगाडि बढाउने र भएका कमी कमजोरीहरूलाई सुधार गर्ने अभियान नेकपा (एमाले)ले निरन्तर चलाएको उनको भनाई छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »