६ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा आजदेखि सञ्चालनमा आएको मेलामा जुवा खलाइएको पाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थिल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव आज देखि सञ्चालन गरेको छ । मेला असोज ४ गते नै सञ्चालन हुने बताइएको भएपनि अपूणर् तयारी सहित आज असोज ६ गते सञ्चालनमा आएको छ ।
Advertisement
मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रमको नाममा अश्लिल भोजपूरी गीतमा नृत्य प्रदर्शन र जुवा सञ्चालन गरिएको छ । जुवा स्टल छेउमै प्रहरीको टोली भने मुकदर्शक बनेका छन ।
वडा प्रहरी कार्यालय नेपालगञ्जको टोली कै अगाडि जुवा खेलाइरह्दा चुइक्क समेत नगरेपछि प्रहरीकै संरक्षण र सेटिङमा अवैध जुवा सञ्चालन भएको मेलामा पुगेका दर्शकले नाईल खबरलाई जानकारी गराए ।
Advertisement
त्यहाँ जुवा खेलाइरहेको देखिरह्दा समेत नदेखेको जस्तो प्रहरीको व्यवहार थियो ।
सञ्चालनमा आएको दिन राति करिब ९ः३० बजेको समय सम्म स्टल खाली नै देखिएको छ । धार्मिक तथा सांस्कृतिक जस्तो कुनै पनि स्टल देखिएका छैनन् ।
Advertisement
आयोजकका अनुसार आजबाट मेला सञ्चालन भएपनि सोमबार सबै स्टल सञ्चालनमा आउने जनाएको छ ।
टिप्पणीहरू