४ असोज, काठमाडौं । ठूला मात्रामा लागूऔषध ट्रामाडोल सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
ब्युरोले १ लाख ८० हजार ४ सय ३० ट्रामाडोल सहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लागूऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
Advertisement
भाद्र १८ गते उदयपुर घर भइ माकलबारी भर भएका बहादुर राईलाई ९ सय क्याप्सुल सहित पक्राउ गरिएको थियो । उनी माथि थप अनुसन्धान गर्दा उनको कोठाबाट थप ३३ हजार ६ सय क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, भाद्र १९ गते सर्लाही घर भएका विपिन कुमार महतोलाई काठमाडौं मनोहरास्थीत बाबाचोकबाट ५३ हजार ९ सय ट्रमाडोल र ८ सय ९२ नाइट्राजेपाम सहित पक्राउ गरिएको थियो ।
Advertisement
यस्तै, भाद्र ३१ गते पर्वत घर भइ काठमाडौं मित्रनगर बस्ने बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कबाट ९ हजार ट्रामाडोलसहित पक्राउ गरिएको हो ।
उक्त लागू औषध सम्झना रोक्काबाट खरिदबिक्रि गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि रोक्कालाई निजकै घरबाट ८३ हजार ट्रमाडोल तथा २ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
Advertisement
रोक्काले उक्त लागूऔषध बिक्रीबितरण गर्ने मुख्य व्यक्ति बारा घर भएका एक व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले असोज २ गते बारा घर भएका प्रदीप सर्राफलाई टोखाबाट ट्रमाडोल ३० क्याप्सुल सहित पक्राउ गरेको छ ।उनलाई कारोवारमा सहयोग गर्ने डल्लु घर भएका मन मोहन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
पक्राउ परेकामध्ये प्रदीप सर्राफले विगत ४ वर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोबार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको हो ।

















टिप्पणीहरू