Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रस्तावित प्रधानन्यायाधीश राउत र २ राजदूत विरुद्ध उजुरी आह्वान

    ४ असोज, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित बेल्जियमका लागि राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव विरुद्ध उजुरी आह्वान भएको छ ।

    संसदीय सुनुवाइका लागि सुनुवाइ समितिले १० दिनको समय दिएर शुक्रबार उजुरी आह्वान गरेको हो ।
    समितिले जारी गरेको सूचना अनुसार उनीहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित सूचना प्रथम पटक प्रकाशित भएको १० दिनभित्र उजुरी पठाउन सर्कुलर गरिएको छ ।

    Advertisement

    उजुरी सोझै समितिको सचिवालयमा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »