२ असोज, काठमाडौँ । अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन ।
ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसलाई सम्बोधन गर्दै निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताएका छन । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको उनले भनाई छ ।
Advertisement
यस्तै अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको सङ्ख्या बढी हुने दाबी गरेका छन । जुन एक्टिभ पनि हुन नसक्ने र निरोगी पनि हुन नसक्ने मन्त्री पौडेलले बताए ।
उनले भने, ‘अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्ध भत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ ।’
टिप्पणीहरू