२३ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।
Advertisement
गोकणर्ेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।



















टिप्पणीहरू