Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज बिपि चोकबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

    २३ भदौ, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Advertisement

    पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१ का ४१ वर्षीय सुबोध क्षेत्री र बर्दिया मधुवन नगरपालिका-६ का २१ वर्षीया रिना शाही ठकुरी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »