१६ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्ने सम्वन्धमा गृहमन्त्री ओमप्रकाश अर्याल तथा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयोगका पदाधिकारी बीच निर्वाचनको समग्र शान्तिसुरक्षा र निर्वाचनको समय व्यवस्थापकीय तयारीका बारेमा छलफल भएको छ ।
छलफलमा गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातारण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिरहेको, शान्तिसुरक्षा विथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न कटिबद्ध रहेको बताएका छन् ।
Advertisement
साथै उनले मतदाता, राजनीतिक दल, उम्मेदवार निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मी लगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराएका छन् । यसका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिका सँग तालमेल हुनेगरी सुरक्षा योजना बनाई कार्य गरिरहेको र आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शुन्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिइसकेको जानकारी दिए ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समान्वय प्रति अभार व्यक्त गर्दै निर्वाचन व्यवस्थपानका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराए ।
Advertisement
राजनीतिक वल तथा उम्मेदवारहरुले मतदातासँग आफ्ना घोषणापत्र तवा कार्यक्रमहरु समुदायस्तरमा लैजान र मतदाताले निर्भयपूर्वक मतदानमा सहभागी हुने वातवरणका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकार सँग आग्रह गरेका छन् । उनले निर्वाचन व्यवस्थापनका क्रममा संविधान निर्वाचन सम्बन्धी कानुन निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि एवं क्रियाकला पप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने तथा कुनै पनि पक्षबाट हुने दण्डहीनता आयोगलाई मान्य नहुने धारणा व्यक्त गरे ।
छलफलमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाघर, सगुन शम्सेर जबरा, गृह सचिव तथा निर्वाचन आयोगका सचिव लगायतको उपस्थिति थियो ।




















टिप्पणीहरू