Close sidebar
  • ताजा
  • लोकप्रिय
  • केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    फाइल तस्बिर

    ३० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

    Advertisement

    संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए । ओलीलाई कांग्रेसको समर्थनमा १६६ सांसद सहित दाबी पेस गरेका थिए ।

    राष्ट्रपतिले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन् । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ ग्रहण भने सोमबारका लागि तय भएको छ ।

    Advertisement

    यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »