Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आजको राशिफल : जेठ १ गते मंगलबार २०८१

    काठमाडौं । आज २०८१ साल जेठ १ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

    मेष : समय चुनौतीपूर्ण छ। पैसाको सुख भए पनि इमान्दार साथीको अभाव हुनेछ। तपाईंको पक्षमा बोल्ने मान्छेको खाँचो हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक काम र पारिवारिक भेटघाटमा दिन बित्नेछ।

    Advertisement

    वृष : खर्च बढी हुने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। विदेशमा भन्दा स्वदेशमा लगानी गर्दा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : दिन रमाइलो बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर लगानी गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

    Advertisement

    कर्कट : चन्द्रमा तपाईंकै राशिमा भएकाले तपाईंको सम्मान हुनेछ। सामाजिक क्षेत्रमा तपाईंले गरेको कामको प्रशंसा हुनेछ। व्यापार विवादित हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सुन्दरताका पछाडि लाग्दा साथी गुमाउनुपर्ने जोखिम देखिन्छ।

    सिंह : राम्रो आम्दानी हुनेछ। जुन क्षेत्रमा लगानी गरे पनि फाइदा हुनेछ। निर्णय लिन नसक्दा परिवारमा खटपटी हुने देखिन्छ। व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। पैसाको घमण्डले परिवार बिग्रने जोखिम देखिन्छ।

    Advertisement

    कन्या : सुरक्षाको सुनिश्चितता भएकाले आज लगानी गर्न डराउनु पर्दैन। शिक्षामा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : आजको दिन रमाइलो गरेर बित्नेछ। परिवारसँगको रमाइलो अविस्मरणीय हुनेछ। रमाइलो गर्दा खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापारमा नाफा आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ भने वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

    Advertisement

    वृश्चिक : अधिकारका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम रहेकाले सचेत हुनुपर्ने देखिन्छ। आज ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    धनु : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीले खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा भने सफलता प्राप्त गर्न प्रतिक्षा गर्नुपर्नेछ। परिवारको माया पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : अचानक खर्च बढ्नेछ। जुनसुकै काम गर्दा पनि तीन पटक सोच्नु राम्रो हुन्छ। खर्चबाट बच्नका लागि गणेशको सम्झना गर्नु राम्रो हुनेछ। काम गर्नु अगाडि परिवारको सुझाव लिनु उत्तम हुन्छ।

    कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सोचेर नबोल्दा नराम्रो शब्द सार्वजनिक हुने जोखिम हुन्छ। गणेशको दर्शन गरेर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। जन्मुकण्डली हेरेर दिन शान्त पार्न सकिन्छ।

    मीन : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफ्ना सहकर्मीले कुरा काट्ने गर्छन्। सोचेर र मन शान्त राखेर व्यवहार गर्नु उचित हुनेछ। परिवारबाट हुने साथ र सहयोग राम्रो रहनेछ।

    राशिफले जे जस्तो फल बताए पनि हजुरहरुको कार्य सफलताको कामना, अस्वस्थ हुनुन्छ, भने स्वास्थ लाभको कामना, यात्रामा हुनुन्छ भने मङ्गलयात्राको कामना, जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »