Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनीको आज यी स्थानमा मेघगर्जन, हावाहुरी तथा वर्षाको सम्भावना

    २५ बैशाख, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

    देशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    Advertisement

    यस्तै, आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले आज बिहान जारी गरेको पूर्वानुमान बुलेटिन मार्फत बताइएको छ ।

    Advertisement

    यस्तै आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »