Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समाचार तीन साता भित्र चिकित्सा शिक्षा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न डा गोविन्द केसीको चेतावनी

    ९ बैशाख, काठमाडौँ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । उनले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् ।

    शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शनमा यस्तो माग गरेका हुन । प्रतिवेदन सार्वजनिक भैसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त गर्नुपर्ने माग उनले गरेका छन् ।

    Advertisement

    यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि उनले बताए । डा केसीले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई ‘अल्टिमेटम’ दिँदै तीन साता भित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गरे ।

    उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्ने समेत डा केसीले चेतावनी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »