९ बैशाख, बाँके । देशभरका फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यावसायीहरुको केन्द्रीय महाधिवेशनमा बाँकेबाट सहकोषाध्यक्षमा रामदिन तेली (मोदी) सर्वसम्मत चयन भएका छन ।
देशभरका फुड सप्लीमेन्ट आयातकर्ताहरुकोें संस्थाको शनिवार भएको महाधिबेशनमा ५ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
महाधिवेशनको बन्द सत्रले बिगतको कामको समिक्षा एवं मुल्यांकन गर्दै निर्बिरोध नयाँ कार्य समिती समेत गठन गरिएको हो ।
Advertisement
अधिबेशनले पुन सुरेन्द्र मानन्धरलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै बरिष्ठ उपाध्यक्ष शम्भु यादब, उपाध्यक्षमा भिम बिष्ट, दिपेश जंग शाह महासचिब गौरब श्रेष्ठ, सचिबमा गौरब बर्मा, गोपाल बहादुर जिसी, कोषाध्याक्षमा प्रदिप महतो, सहकोषाध्यक्षमा रामदिन तेली र सदस्यहरुमा प्रतीक शाही, बिरेन्द्र पटेल, बिन्देश्वर प्रसाद पाण्डे, बिनायाक राज पाण्डे, भुबन प्रसाद जोशी, सुवणर् पोखरेल हुनुहुन्छ । बाँकी दुई सदस्यलाई अध्यक्षले मनोनित गर्ने प्रावधान छ ।
रामदिन मोदी नेपालगञ्जबाट सञ्चालित श्री एस ईन्टरनेस्नल प्रा.लि. सञ्चालक एवं किभा फाउन्डेसनका कोषाध्यक्ष समेत हुन ।
















टिप्पणीहरू