९ बैशाख, झापा । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालीकाको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
Advertisement
घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो ।
इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
टिप्पणीहरू