Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बर्दियाका पुष्करले ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा पूरा गरे रिङरोडको एकल म्याराथन

    ६ बैशाख, काठमाडौँ । बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीको दिन ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने पवित्र सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गरेका छन ।

    कलंकीबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भू हुँदै कलंकीमा समापन भएको थियो ।

    Advertisement

    लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गभर्नर लायन शम्भु बहादुर थापाले उक्त म्याराथन शुरु गराएका थिए ।

    उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलंकी वृतका प्रहरी नायव निरीक्षक यम बहादुर थापाको नेतृत्वमा कुशल संयोजन गरेका थिए । म्याराथन शुरु हुनुभन्दा अगाडि आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले यो कार्यक्रम आयोजना गरिनुको उद्देश्यको बारेमा स्पष्ट पारेकी थिइन ।

    Advertisement

    धावक पुष्कर विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश समेत प्रवाह गरेका छन ।

    म्याराथन सम्पन्न पश्चात गभर्नर लायन शम्भु बहादुर थापाले धावकलाई यो साहसीपूणर् कदमको प्रशंसा गर्दै माला लगाइ बधाइ तथा शुभकामना दिएका थिए । आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »