Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

    ६ बैशाख, सुर्खेत । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ ।

    तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि.(बिष्णु) ढकालले जानकारी गराए ।

    Advertisement

    तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरिरहेको उनले जानकारी दिए ।

    उनका अनुसार तालको सरसफाइ सकिएपछि मोटरबोट सञ्चालन गर्ने तयारी छ ।

    Advertisement

    कम्पनीले बुलबुले तालमा मोटरबोट संचालन गरे वापत बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।

    बुलबुले तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको ११ सिटे फिस्टेल मोटरबोट सञ्चालन गर्नेछ ।

    Advertisement

    यस अघि आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय, नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »