४ बैशाख, बाँके । युएसडिटी अर्थात क्रिप्टो करेन्सी मार्फत गैर कानूनी कारोबार गर्ने बाँकेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ भाटभटेनी नजिकै गैर कानूनी रुपमा मुद्रा विनिमय र युएसडिटी (क्रिप्टो करेन्सी)को कारोबार गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए ।
Advertisement
जस पश्चात सोही गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा दुई जनालाई नियन्त्रणमा लिएको प्रवक्ता डाँगीले बताए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० बस्ने अमृत कुमार वर्मा र जानकी गाँउपालिका वडा नं. १ का रियाज खाँलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।
Advertisement
क्रिप्टोबाट अबैध कारोबार गरि सो बापत दैनिक अन्दाजी एक करोड सम्मको अबैध कारोबार गरेको कसूरमा पक्राउ गरेको प्रवक्ता डाँगीले बताए ।
उनीहरुलाई हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको हुँदा सम्मानित बाँके जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।


















टिप्पणीहरू