Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत

    ४ बैशाख, धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    Advertisement

    प्रदेश प्रमुख नजिर मियाँले चैत्र २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि बैशाख २ गते बेलुका ५ बजे भित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।

    तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »