१८ चैत्र, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन ।
काठमाडौं–बझाङ मञ्चले शनिवार आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा ९१० को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उनले अनावश्यक खर्च नगर्न आग्रह गरेका हुन ।
Advertisement
पार्टीको चुनाव भएकाले हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन समेत दिए ।
उनले भने, ‘मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना आएर आउन भन्छु । चुनावमा खुवाउन–पियाउन हुँदैन । चुनाव मेरोमात्र हो र ?’
















टिप्पणीहरू