Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बढैयातालको बटनीखल्लाका आगलागी पीडितलाई जनप्रतिनिधि र समाजसेवीको साथ

    १ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. २ मा आगलागी पीडित परिवारलाई जनप्रतिनिधि र समाजसेवीले सहयोग थालेका छन ।

    शिवरात्रीको दिन फुट्हा स्थित बटनीखल्लामा बिहान ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

    Advertisement

    रतन राना क्षेत्रीको फूसको घरमा भएको आगलागीबाट लाखौंको धन र वस्तु नष्ट भएको गाँउपालिका प्रमुख हिमालय त्रिपाठीले नाईल खबरलाई जानकारी गराए ।

    उनले जानकारी गराउदै भने, ‘हामीले धेरै हारगुहार गर्यौ तर बचाउन केही गर्न सकिएन ।’
    जस पश्चात अध्यक्ष त्रिपाठीको नेतृत्वमा तत्काल उक्त पीडित परिवारलाई खाद्यन्न, लत्ताकपडाको व्यवस्था गरिएको जानकारी गराए । उनले पीडित परिवारका लागि घर समेत बनाईदिने बताएका छन ।

    Advertisement

    घर बनाउनका लागि संयुक्त श्रमदान गरेर निर्माण गर्न थालेको उनले जानकारी दिए । उनले भने, ‘यसमा सबैको सहभागिता र योगजान छ ।’

    विशेषगरी बढैयाताल गाँउपालिका वडा नं. २ का वडाध्यक्ष डिलादेव गिरी, वडा नं. ६ का वडाध्यक्ष शुक्ला सापकोटा, समाजसेवी विनु पाण्डे, रतन जैसी लगायत त्यहाँका स्थानीयहरुको सहकार्यमा पीडितलाई सहयोगमा जुटेका पालिका अध्यक्ष त्रिपाठीले जानकारी गराए ।

    Advertisement

    उनले भने, ‘गाँउपालिका पीडितको पक्षमा छ भन्ने अनुभुति दिलाउनको लागि हामी सबै श्रमदानमा जुटेर घर निर्माण थालेका छौँ ।’

    आगलागीबाट घर जलेपछि उक्त छ जनाको परिवार त्रिपालमुनी बसिरहेका पीडितले बताएका छन । पीडित परिवाका अनुसार घर बनाउनका लागि सिमेन्टका पिलर हालिएको छ ।
    विदेश जानको लागि राखिएको २ लाख रुपैँया र कागजपत्र समेत जलेर नष्ट भएको बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »