Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुर्खेतमा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माणका लागि सिकाई आदनप्रदान कार्यक्रम

    १८ फाल्गुन, सुर्खेत । मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन अवस्था बारे सिकाइ आदान प्रदान गर्न तीन प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका छन् ।

    सात प्रदेश मध्य सबै भन्दा पहिला मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको कर्णालीसंंग निर्माण प्रक्रिया र त्यसको कार्यान्वयन बारे अनुभव सुन्न लुम्बिनी, गण्डकी र मधेश प्रदेश सरकारका मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका हुन् । सिएमसी नेपालसंंगको सहकार्यमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज विरेन्द्रनगरमा सिकाइ आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

    Advertisement

    प्रदेश स्तरमा मानसिक स्वास्य रणनितिक कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष र अवसरको विषयमा प्रस्तुतिकरण गर्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष बहादुर शाहीले मानव स्वास्थ्यलाई सवल बनाउन रणनैतिक कार्ययोजनाले बल पुगेको बताए ।

    कार्यक्रममा कणर्ाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना लागु गरी सबै आधारभूत तहका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न कार्यक्रम शुरु गरिएको जानकारी गराए ।

    Advertisement

    उनले कणर्ालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, विभेद र हिंसाजन्य समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएपनि सरकार त्यसको निवारणका कार्यनीति बनाएर काम गर्न लागेको बताए ।

    कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले कणर्ाली प्रदेशले मानसिक रोग निवारणका लागि शुरु गरेको पहल आफुहरुका लागि उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने बताए ।

    Advertisement

    कार्यक्रममा विभिन्न प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्रीहरुले मनोमानसिक स्वास्थ्यमा गरिएको कामको बारेका जानकारी गराएका थिए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल, मानसिक रोग लुम्बिनी प्रदेशमा पनि चुनौतिको रुपमा रहेको, वार्षिक करिव १३ हजार मानसिक रोगका बिरामीहरु फेला पर्ने गरेको बताए । उनले त्यसको न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम संचालन गरिरहेको बताए ।

    नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने तथ्य रहेको छ जुन मानसिक कारण मुख्य रहेको सहभागिहरुले बताएका छन् ।
    देशमा मानसिक स्वास्थ्य समस्या जटिल रहेको छ । राज्यले हरेक प्रदेशमा बिशेषज्ञ डाक्टर पठाउन नसक्नु कमजोरी सावित गरेको उनिहरुले बताएका छन् । सबै प्रदेशमा मानसिक रोग अत्यन्तै समस्या ग्रष्ट बनेको छ यसले अझै भयवाह स्थिति सृजन गर्न सकिने भएको हुनाले यसको न्युनिकरणको लागि सबैले पहल गर्न अति आवश्यक रहेको सहभागि वक्ताहरुले बताएका छन् ।

    Advertisement

    कर्णाली प्रादेशिक मानसिक तथा मनोसामाजिक रणनितिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक सिकाई आदानप्रदान कार्यक्रमको आयोजना सामाजिक विकास मन्त्रालय विरेन्द्रनगर सुर्खेतले गरेको थियो भने समन्वय र सहकार्य सिएमसी नेपाल र स्वीस सरकार विकास सहयोग एसडिसीले गरेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »