९ फाल्गुन, काठमाडौँ । माओवादीको नाममा धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन ।
उनीहरूलाई कीर्तिपुर– ९ मच्छेगाउँबाट पक्राउ गरिएको हो ।
Advertisement
आरोपीहरूको साथबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार जनाएको छ ।
उनीहरूले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीको भनाइ छ ।
Advertisement
उनीहरूले काठमाडौं उपत्यकामा पकट–पटक फोन गरेर धम्क्याएर ५० लाख रुपैयाँ रकम मागेको खुलेको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

















टिप्पणीहरू