Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यी स्थानमा हुनेछ वर्षा र हिमपात

    ९ फाल्गुन, काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अहिले बिहान मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।

    बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    Advertisement

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ।

    Advertisement

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »