Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसपी मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित

    ५ फाल्गुन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन ।

    गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको थियो ।

    Advertisement

    एसपी थापाले सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको र शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको हो ।

    त्यसैगरी शान्ति सुरक्षा कायम राख्न अन्य प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको छ । एसएसपी अरुण पौडेल, डीएसपी भोजराज पाण्डेय पनि पुरस्कृत भएका छन । सशस्त्र प्रहरी बल नेपालतर्फबाट डीएसपी रवीन अधिकारी, हवल्दार रवीन्द्र थापा र जवान माधव भुसाल पुरस्कृत भएका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »