Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डः यस वर्ष पनि कोहलपुरले उपाधि जित्दै ह्याट्रीक

    २९ माघ, बाँके । ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएको छ । यो संगै लगातार तीन पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न सफल भएको हो ।

    यसअघि कोहलपुरले लगातार दुईपटक पहिलो स्थान सहित उपाधि जितिसकेको छ । यो जितसंगै जिल्ला राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरले ह्याट्रीक गर्न सफल बनेको हो ।

    Advertisement

    प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडी बीच ६ वटा विधाका खेलमा प्रतिस्प्रर्धा गराइएको थियो ।

    कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो ।
    यस्तै, दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल प्राप्त गर्न सफल भएको छ ।

    Advertisement

    तेस्रो स्थानमा नेपालगञ्ज उपमहानगरपालिकाले चित्त बुझाउन पुग्यो । नेपालगञ्ज उपमहानगरपालिकाले कुल ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडल जित्न सफल भएको हो ।

    यसैगरी चौथो स्थानमा चित्त बुझाएको बैजनाथ गाउँपालिकाले ६ गोल्ड, १४ सिल्भर र १५ ब्राउन्ज मेडल प्राप्त गरेको छ ।
    प्रतियोगितामा ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज सहित पाँचौ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक गोल्ड र जानकीले २ सिल्भर मेडलमा चित्त बुझाउनु परेको छ ।

    Advertisement

    रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्स तर्फ ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज, भलिबल तर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो । उसुमा कोहलपुर बाहेक कुनैपनि पालिकाले सहभागिता जनाएका थिएनन ।

    रनिङ शिल्डको उपविजेता बनेको राप्तीसोनारीले एथलेटिक्स तर्फ १२ गोल्ड, ७ सिल्भर र ९ ब्राउन्ज, भलिबल तर्फ एक गोल्ड एक ब्राउन्ज, कबड्डीमा शून्य, कराँतेमा २ सिल्भर र ७ ब्राउन्ज, तेक्वान्दोमा ८ सिल्भर र ३ ब्राउन्ज जित्न सफल भएको हो ।

    Advertisement

    यस्तै, रनिङ शिल्डको तेस्रो स्थान प्राप्त गर्न सफल नेपालगञ्जले एथलेटिक्स तर्फ ६ गोल्ड, ५ सिल्भर र ६ ब्राउन्ज, भलिबलतर्फ शून्य, कबड्डीमा एक गोल्ड एक सिल्भर जित्न सफल भएको हो ।

    यसैगरी उत्कृष्ट खेलाडी तर्फ एथलेटिक्स छात्र तर्फ राप्तीसोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगञ्जका आरुषि भट्टराई, भलिबल छात्र तर्फ कोहलपुरका संगम तारामी मगर, भलिबल छात्रा तर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी हुन सफल भइन ।

    यस्तै, उत्कृष्ट खेलाडी कबड्डी छात्रा तर्फ खजुराकी सुषमा बादी र छात्र तर्फ नेपालगञ्जका इसरारर अलि साई, तेक्वान्दो छात्रा तर्फ कोहलपुरकी दिपशिखा रानाभाट, छात्र तर्फ कोहलपुरकै सुर्वण सिग्देल हुन सफल भए ।

    यसैगरी उत्कृष्ट खेलाडी कराँते छात्रा तर्फ बैजनाथकी वविता विक, छात्र तर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रा तर्फ कोहलपुरकी गरिमा चौधरी र छात्र तर्फ कोहलपुरकै टार्जन रोकामगर हुन सफल भए ।

    शनिबारबाट सुरु भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि मार्चपासमा प्रथम बैजनाथ गाउँपालिका, दोस्रोमा नेपालगञ्ज र तेस्रोमा राप्तीसोनारी गाउँपालिका हुन सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।

    विजयी खेलाडी तथा पालिकालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजंग शाह, प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद माया पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, एमालेका मीन बहादुर मल्ल, जिल्ला खेलकुद विकास समिति बाँकेका पुर्वअध्यक्ष आतंक बस्नेत र मोहित शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतले प्रमाणपत्र, मेडेल तथा ट्रफी वितरण गरेका थिए ।

    समितिका अध्यक्षले प्रतियोगिता सम्पन्न गराउन उल्लेख्य भूमिका खेल्नेलाई मायाको चिनो प्रदान गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।

    अध्यक्ष शाहका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउने छन ।

    बाँके जिल्लाले लगातार दुई पटक पहिलो स्थान सहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »