Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा भब्य रुपमा मनाईयो ‘सिङ् डुक ल्हो’ ल्होसार

    २९ माघ, बाँके । २१५१ औं सिह फो डुगलो लोसारला टासी देलक अर्थात ग्याल्वो ल्होसार नेपालगञ्जमा सोमबार मनाइएको छ ।

    क्यालेन्डर अनुसार माघ २७ गते मनाईने ल्होसार अन्य समुदायको पनि सोही दिन नेपालगञ्ज स्थित गुम्बामा मनाइएको कारणले सोमबार मनाइएको नेपाल शेर्पा संघ बाँकेले जनाएको छ ।

    Advertisement

    कार्यसमिति अध्यक्ष प्याम्बा श्री लामा शेर्पाका अनुसार ल्होसार २७ गते नै भएपनि तामाङ समुदायको पनि ल्होसार पर्न गएको र स्थान पनि एउटै परेकोले आफुहरु आज ल्होसार मनाएको बताए ।

    उनले भने, ‘औसीको भोलीपल्ट देखि पुर्णिमा सम्म कार्यक्रम चलिरह्ने परम्परा रहेको छ । यसलाई १५ दिन सम्म मनाउने चलन छ ।’

    Advertisement

    ल्होसारको माध्यमले पनि संस्कृति तथा परम्परालाई जर्गेना गर्ने गरेको उनले बताए । आजको दिन संस्कृति झल्किने पोशाक लगाउने तथा खानपान गरेर ल्होसार मनाउने गरिन्छ ।

    उनले नाईल खबरसंग भने, ‘शेर्पाले पनि बख्खु लगाउने र शेर्पीनले पनि बख्खु लगाउने पहिला तिब्बतबाटै परम्परा चलिआएको छ । किनभने तिब्बतमा त्यहाँको मौसम चिसो भएको हुनले बाक्लो बख्खु र अङगी लगाउने चलन त्यहीबाट चलेर अएको हो ।’

    Advertisement

    पुस्तादेखि चलिआएको परम्परालाई निरन्तर रह्ने नेपाल शेर्पा संघ बाँकेका सल्लाहकार नुरी शेर्पाले बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मुख्य काठमाडौँ तथा देशविदेशमा विविध कार्यक्रमको आयोजना गरेर यस पर्वलाई उत्साहका साथ मनाईदैँआएका छौँ ।’

    उनले थप भने, ‘एक दिन कार्यक्रम गरेपनि विधिवत रुपमा १ गते देखि पन्ध्र दिन पुर्णिमा सम्म पूजाआज गरेर एकअर्काको घर बोलाएर पाहुना खाने परम्परा रहीआएको छ ।’

    Advertisement

    ल्होसार नयाँ वर्षको रुपमा मनाईदैँ आएको कार्यसमिति सल्लाहकार लाक्पा शेर्पाले जानकारी गराईन । उनले भनिन्, ‘ल्होसार भनेको आदीवासी जनजाती जसमा शेर्पा समुदाय पनि पर्छ । ल्होसारमा हामीले विभिन्न प्रकारका खाने कुरा पकाएर लामा तथा धर्मगूरु मार्फत पूजाआज गर्ने र ध्वजा चढाउने गरेका छौं ।’

    ‘प्रत्येक वर्ष हामीले चार जनालाई व्यवस्थापनको जिम्मेवारी दिएको हुन्छ । अन्त्यमा हामी यसै कार्यक्रममा अर्को वर्षको लागि फेरी चार जनालाई जिम्मेवारी दिनेगरेका छौं ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »