Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शनिवार देखि हुदैँ

    २६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुने १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शनिवार विहानबाट हुने उक्त प्रतियोगितको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

    जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा हुन लागेको उक्त प्रतियोगित माघ २७ गते देखि २९ गते सम्म सञ्चालन रह्ने अध्यक्ष संदिप जंग शाहले जानकारी गराए ।

    Advertisement

    उनका अनुसार बाँकेका ८ वटा पालिका मध्ये ७ वटा पालिकाले सहभागिता जनाएका छन । डुडुवा गाँउपालिकाले पालिका स्तरीय छनोट प्रतियोगिता नै नगरेकोले यस वर्ष पनि सहभागिता नजनाएको बताइएको छ ।

    अध्यक्ष शाहले भने, ‘यस वर्ष पनि उहाँहरु आउनुभएन, हामीहरुले सम्र्पक गर्न खोजेपनि उहाँहरु सम्र्पकमा आउनुभएन ।’
    उनले थप जानकारी गराउदै भने, ‘एउटा पालिकाले गर्दा जिल्लाकै खेलकुद रोकिनेभएकोले नकुरेरै हामी अगाडि बढेका छौं ।’

    Advertisement

    राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ६ वटा प्रतियोगिता सञ्चालन रह्ने र करिब एक हजारको आसपासमा प्रतिस्पर्धी सहभागिता जनाउने उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी गराए ।

    १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्धाटन प्रदेश सांसद माया पुनले गर्ने आयोजकले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »