२६ माघ, काठमाडौँ । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीच पुनः वार्ता शुरू भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पुनः वार्ता शुरू भएको हो ।
यसअघि बिहीबार पनि दुई पक्ष बीच वार्ता भएको थियो । बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन ।
Advertisement
वार्ता शुरू गर्नुअघि आजै पहिचानवादीहरूलाई होटलमा छाडेर सरकारी वार्ता टोलीले मुख्यमन्त्री केदार कार्की सँग छलफल गरेका थिए ।
कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी वार्ता समिति बनाएको थियो ।
Advertisement
वार्तामा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रसिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरी सहभागी रहेका छन ।
तत्कालीन प्रदेश नम्बर १ को प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसका विरुद्ध पहिचानवादीहरू आन्दोलनरत छन ।
Advertisement
उनीहरूले पहिचान सहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन ।
टिप्पणीहरू