७ माघ, लखनउ । अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमको सिलसिलामा २१ देखि २३ जनवरी सम्म साना र ठूला सवारीसाधनका लागि डाइभर्सन लागू गरिएको छ ।
सीतापुरबाट आउने ठूला सवारी, सीतापुरबाट गोण्डा, मणिकापुर, बस्ती जाने बस तथा ठूला सवारी साधन इन्टौंजा, कुम्रावन, कुर्सी, देवा, बाराबंकी, रामनगर, कर्नलगञ्ज हुँदै जान पाउने व्यवस्था मिलाइएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ ।
Advertisement
सीतापुर रुटबाट आउने बस तथा ठूला सवारी साधन बाराबंकी/अयोध्या जान नपाउने भएका छन् । यो गाडी भिथौली तिराहा, इन्जिनियरिङ कलेज स्क्वायर, तेधिपुलिया स्क्वायर, कुर्सी रोड हुँदै बेहता स्क्वायर, किसानपथ र पूर्वाञ्चल द्रुतमार्ग हुँदै सुल्तानपुर सडक हुँदै जान पाउने व्यवस्था गरिएको छ ।


















टिप्पणीहरू