८ माघ, बाँके । आज २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाँउका १२ जना घाइते भएका छन ।
आज हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको राम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही समुहले सदभाव माथि आच आउने किसिमले गतिविधिमा सक्रिय रहेको देखिएको छ ।
Advertisement
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा भएको झडपमा आठ जना घाइते भएका छन । साझ भएको झडपमा घाइते भएकाहरुलाई भेरी अस्पताल ल्याइएको थियो । भेरी अस्पतालमा छ जनालाई ल्याइएको र अन्य दुई जना नेपालगञ्ज २१ को कार्यालय नजिकै रहेको मेडिकलमा उपचार पश्चात घर फर्किएका थिए । जसमा एक बालिका पनि थिईन ।
राति १० बजेको समय सम्मा छ जना भेरीमै उपचाररत थिए । घाइते हुनेमा नेपालगञ्ज २१ घरभएकी नन्कनी पासी, माया पासी, रिना पासी, चन्द्र रैदास, जगु धोवी, प्यारी वर्मा रहेका छन ।
Advertisement
नन्कनी पासीको औलामा चोट लागेको छ । यस्तै, मायाको गालामा काटिएको छ । रिनाको टाउकोमा, प्यारीको टाउकोमा गहिरो चोट लागेको र उनको ११ वटा टाका लागेको चिकित्सकले बताए ।
पासी टोलमा बस्दै आएका उनीहरुले मुस्लिम समुदायका केही व्यक्तिले आएर कुटपिट गरका मिडिया समक्ष व्यान गरेका छन ।
Advertisement
मायाले नाईल खबरलाई जानकारी गराउदैँ भनिन्, ‘घरको आंगनमा परिवार सहित बसिरहेको थिए । अचानक केही व्यक्ति आएर कुटपिट गरेका थिए ।’
चन्द्र रैदासले भने, ‘आज भगवान श्री राम जीको प्रसाद बाड्दै थिए । हुलमा आएको समुहले बाजा फुटाईदियो । लठ्ठी र ढुगां चलाउन थाले ।’
Advertisement
पिडितका अनुसार उक्त हुलमा पुरैनामै बस्ने खान बहादुर, शेर बहादुर, मन बहादुर, छब्बन मनिहारका ३ जना छोरा लगायत रहेका जनाएका छन ।
यस्तै, डुडुवा गाँउपालिकामा समेत झडप भएको छ । डुडुवाको बेतहानी, जाफरपुवा चौरहा, उच्वामा झडप भएको हो । जसमा चार जना घाइते भएका थिए । उनीहरुलाई नेपालगञ्ज स्थित नर्सिङ होममा ल्याइएकोमा दुई जनालाई उपचार पश्चात घर फर्काइएको छ भने अन्य दुई जना उपचाररत रहेका छन ।
उपचाररत मध्ये लक्ष्मण तेलीको खुट्टा भाचिएको छ भने अर्को एक जनाको नाकमा चोट लागेको छ ।
उपचाररत तेलीले भने, ‘मुस्लिमहरु समुहमा योजनाबद्ध तरिकाले एक तर्फ थिए । फर्किने बेलामा उनीहरु ईट्टा प्रहार गरिदिए । अजमलको घरका थिए सबै ।’
मुस्लिम समुदायका केही व्यक्तिले सदभाव विथोल्न ईर्मेजेन्सीमा गुड्ने एम्बुलेन्समा समेत ढुंगामुढा गरेका पिडितले जानकारी गराए ।
यस अघि पनि नेपालगञ्जमा दुई समुदाय बीच झडप भएको थियो । गत असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्यालीका कारण उत्पन्न परिस्थिती एवं त्यस पश्चात ओमकार परिवार हिन्दु समाजले र्याली निकाल्ने क्रममा विवाद उत्पन्न हुदाँ दुवै समुदाय बीच दरार आएको थियो । जस पश्चात बाध्यतावस प्रशासनले लगत्तै कफ्र्यु जारी गरेको थियो ।
प्रशासनले नै दियो बढावा ?
उक्त विवाद उत्पन्न गर्ने तत्वहरुलाई अहिले सम्म पनि कानुनी उपचारमा बाध्न प्रशासन पछि हटेकै कारण फेरी उक्त समुदायका केही व्यक्तीले उच्छृंखल गतिविधि गर्दै प्रशासनलाई नै चुनौती दिएको समुदाय स्तरका जानकारले बताउँछन ।
कडा निग्रानीका बाबजुद पनि झडप ?
२२ जनवरी नजिकिए संगै पुनः विगत कै घटनालाई दोहोरिन नदिन प्रशासनले कडा सुरक्षाको व्यवस्था गरेको दावी गरेको थियो । तर प्रशासनले हिन्दु समुदायलाई अझैपनि सुरक्षा दिएको महसुस गर्न नपाएको पीडितले बताए । पर्व पनि कडा सुरक्षाका बीच मनाउन बाध्यता आएको उनीहरुको भनाई छ । प्रहरी लगाएर मनाईने पर्वलाई के को ? पर्व भन्ने समुदायस्तरबाट प्रश्न उठिरहेको छ । आज पनि नेपालगञ्जमा सुरक्षा चुस्त बनाउन जिल्ला बाहिरबाट सुरक्षाकर्मीको प्रबन्ध गरिएको भए पनि प्रशासनले सुरक्षा दिन फेल खाएको छ ।
यस अघि असोजमा भएको घटनामा जिल्ला प्रमुख र प्रहरी प्रमुख फेरिएका थिए । विगतमा पनि प्रशासनले सुरक्षा व्यवस्थापनमा फेल खाएको विषयमा भएको चौतर्फी विरोध पछि तत्कालिन एसपी र प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय सरुवा भएका थिए । जस पश्चात सरकारले एसपीमा सुबास बोहरा र प्रमुख जिल्ला अधिकारीमा श्रवण कुमार पोखरेललाई पठाएको छ ।
सदभाव विथोल्नेलाई प्रशासनले कार्वाही गर्ला ?
जिल्लाका विभिन्न स्थानमा आज भएको घटनाको मुख्य दोषी उपर कार्वाही हुन्छ वा हुन्न ? चासोको विषय बनेको छ । विगतमा प्रशासनले दोषी उपर कार्वाही गर्न नसकेपछि यति बेला पीडित झन पिडामा छन ।
उनीहरु भन्छन, ‘हामी हाम्रो पर्व शान्ति रुपमा मनाउन पाउदैँनौँ । प्रशासनले दोषी उपर कार्वाही नै नगरेपछि सुरक्षाको अनुभुति के आधारमा गर्ने ? हामी माथि कहिले सम्म अत्याचार हुने हो ? पर्व मनाउन पनि प्रहरी चाहिन्छ अब ?’
आज नेपालगञ्ज क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । विभिन्न स्थानमा भएको झडपको मुख्य दोषी उपर अझै पनि कुनै ठोष कदम चालेको देखिदैन ।
टिप्पणीहरू