Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कर छलीको ४७ किलो चाँदी सहित ३ जना पक्राउ

    २३ पौष, काठमाण्डौँ । कर छलीको ४७ किलो चाँदी सहित काठमाण्डौँका विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन ।

    काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहना सहित बाराको कलैयाका कामेश्वर साह, पर्साको वीरगञ्जका सुमनकुमार सर्राफ र बाराको विश्रामपुरका मनिस सर्राफलाई पक्राउ गरेको हो ।

    Advertisement

    काठमाण्डौँ उपत्यकाका विभिन्न ठाउँमा राजस्व छलेर बिल–बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

    पक्राउ परेका तीन जनालाई राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »