७ पौष, बाँके । बाँकेको नेपालगञ्जमा संञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित गायक टंक तिमिल्सेनाको पुक पुक गाला बोलको चर्चित गीत नेपालगञ्जका दर्शक जुर्मुर्याएका छन् ।
शनिवार नेपालगञ्ज स्थित सडक डिभिजन परिसर भित्र सञ्चालित महोत्सवमा टंकले गाएका चर्चित गीत कुवाको पानी घैलामा वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तम्रा घाटीमा, पैसा पैसा चिलिममा माया पिरीममा, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कणर्ाली, अछाम बाट म सुर्खेत आकोछु, लगायत बोलको गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो हल्लाका साथ रमाएका थिए । महोत्सवमा बालबालिका, युवा, बृद्ध सबै उमेरका दर्शकहरु रमाएको आयोजकले जनाएको छ ।
Advertisement
यस्तै, महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराए । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए ।
उक्त महोत्सव पुष १७ गतेसम्म संचालन रह्नेछ । आज महोत्सवको उद्धोषण अशोक रावल र बर्षा पाण्डेले गरेका थिए । यस्तै आइतबार चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
टिप्पणीहरू