Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रामजी खाँणको ‘मन परेको मान्छेलाई दामी देखिन्छ’ गीतमा रमाए दर्शक

    ७ पौष, बाँके । नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित गायक रामजी खाँणको गीतमा नेपालगञ्जका दर्शक रमाएका छन् ।

    शनिवार नेपालगञ्जको महोत्सवमा रामजीले प्रस्तुत गरेका आफ्नो चर्चित गीत ‘टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको’ मा हजारौं दर्शकको भिडले रमाएका थिए । उनले प्रस्तुत गरेका पानको पात छ है, मेरो मन त कता छ, तिमी तिर छ, तिम्रा आंखा लोभी रैछ, मन परेको मान्छेको त दिलमा लेखिन्छ, हल्का हल्का लाएको दामी देखिन्छ, मोहनी मन्तरले अमिलो रसैले सानु कि मायालो मोहनी मायाले बाधु कि मायालाई, जाम भन्यो लाहुरेले जामकी नजाम आमा, फुल फुलेर पयालै भयो, वनैमा फुल बसायो मायाले नबोली न बोली फसायो, एक एक जोडे दुई हुन्छ, छल छल पानी गाघ्रीमा लगायतका गीतहरुमा दर्शक रमाएका थिए । दर्शकले पनि उनलाई साथ दिदैँ झुमेका थिए ।

    Advertisement

    यस्तै, महोत्सवमा कलाकारहरुको बेजोड प्रस्तुति, दंगल, बालउद्यान, थारु गाँउ, फोटो सेसनका लागि विभिन्न प्वाईन्ट, नेपाल भारतका चर्चित चर्चित खेलाडी बीच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथै सोनी डान्सको प्रस्तुति रह्दै आएको छ ।

    प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथै थारु गाँउमा थारु परिकारहरुको स्वाद समेत लिन सकिने आयोजकका संयोजक नन्द बहादुर बुढाले दिए ।

    Advertisement

    शनिवार महोत्सवमा उद्धोषण अशोक रावल र बर्षा पाण्डेले गरेका थिए । यस्तै आइतबार चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल, लगायत सोनी डान्सको बेजोड प्रस्तुति रह्ने आयोजकले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »