४ पौष, विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको बताएका छन । नेकपा (एमाले) मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले साझा पहिचानको पक्षमा अडिग रहेको स्पष्ट पारे ।
महासचिब पोखरेलले भने, ‘हामी जनतासँग जे भनेर जान्छौँ, चुनाव जितेपछि पनि त्यही गर्छौं ।’
Advertisement
अन्य पार्टी जस्तो जनतालाई धोखा दिने काम एमालेबाट नहुने उनको भनाइ छ । महासचिव पोखरेलले भने, ‘हामी चुनावमा एउटा कुरा र व्यवहारमा अर्को गर्दैनौँ ।’
एमाले सधै साझा पहिचानको पक्षमा रहने उनले भने । कोशी प्रदेश नामकरणको सवालमा पनि एमालेले साझा पहिचान खोजेको महासचिव पोखरेलले बताए । नामकरण पछि बेइमानी अरूले गरेको उनको भनाई छ ।
Advertisement
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी नामको पक्षमा सहमति दिएको महासचिव पोखरेलले प्रष्ट पारे । उनले भने, ‘देउवा र प्रचण्डले नाम जायज छ, अघि बढ्नुहोस् । हामी सहयोग गर्छौं भनेपछि नामकरण सफल भएको हो ।’
नामकरणपछि पक्षमा मतदान गर्नेहरूले बेइमानी गरेको उनको भनाइ छ । पहिचानवादीले आफ्ना माग एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रममा राख्न नसकेको उनले बताए ।
Advertisement
एमालेको विरोध नगरी स्वागत गर्दै आफ्ना माग नेतृत्व समक्ष राख्ने राम्रो अवसर पहिचानवादीले गुमाएको महासचिव पोखरेलले बताए । मुलुकलाई समाधान दिने पार्टी एमाले मात्रै भएको बताउँदै महासचिव पोखरेलले भने, ‘विप्लप, सिके राउतलाई मुलधारमा एमालेले ल्याएको हो ।’
मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रममा ठुला सभा कोशी प्रदेशमा भएको उनले बताए । यात्राका क्रममा पहिचानवादीको अवरोध कसैले महसुस नगरेको महासचिव पोखरेल बताए ।
Advertisement
उनले भने, ‘समाचारमा आए होलान्, विज्ञप्तिमा आयो होला । यात्रामा सहभागीले विरोधको अनुभूति गर्न पाएनौँ ।’ एमालेको यात्राले व्यवस्था परिवर्तनको माग गर्दै भइरहेको विरोधलाई विफल पारेको महासचिव पोखरेलले बताए । उनले भने, ‘सरकार असफल छ, यसको विरोध हुनुपर्ने हो ।’
टिप्पणीहरू