Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

    ४ पौष, काठमाडौँ । फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।

    गए राति साउदी अरबको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३-० गोलले हराउँदै सिटी फाइनलमा पुगेको हो ।

    Advertisement

    म्यानचेस्टरका लागि माटियो कोभासिस र बर्नाडो सिल्भाले एक-एक गोल गरेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त गरेको थियो ।

    खेलमा सिटीले पहिलो गोल नै उरावाका मारुस क्रिष्टोफरको आत्मघाती उपहार पाएको थियो । त्यसपछि ५२औँ र ५९औँ मिनेटमा गोल थप्दै सिटीले ३-० को जित निकालेको थियो ।

    Advertisement

    अब, सिटीले उपाधिका लागि दक्षिण अमेरिकी ब्राजेलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »