Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल वायुसेवा निगमका २ कर्मचारी निलम्बन

    ४ पौष, काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा उनीहरु निलम्बनमा परेका हुन ।

    उक्त आरोपमा अनुसन्धानका लागि पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार उनीहरु दुवै जनालाई निलम्बन गरिएको हो । पोखरेल र यादव लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् ।

    Advertisement

    मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधान अनुसार दुवैजनालाई निलम्बन गरिएको प्रवक्ता पौडेलले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »