Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छैठौं नेपालगञ्ज महोत्सवमा यी कलाकारहरु आउदैँ

    १ पौष, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवमा आउन लागेका अतिथि कलाकारहरु नामावली सार्वजनिक गरिएको छ ।

    कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकार आउन लागेका सचिवालयले जनाएको छ ।

    Advertisement

    महोत्सवमा विराज भट्ट, प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुत, रयापर जि.बब, ज्योती मगर, दुर्गेश थापा, एलिना चौहान, शान्ति श्री परियार, समिक्षा अधिकारी, प्रिर्ती आले, पल शाह, टंक तिमिलसिना, रचना रिमाल, समिक्षा अधिकारी, अनु चौधरी, सिम्रन परियार, पल शाह, बल्छी धुर्वे, मिस्टर डी, बलराम सरकार गिरी, आरुसी मगर, रुविना अधिकारी लगायतको प्रस्तुति रह्ने सचिवालयले जनाएको छ ।

    मिडियाकर्मीलाई जानकारी गराउदैँ आयोजक नन्द बहादुर बुढाले भने, ‘कतिपय कलाकारहरु संग हामीले समन्वय गरीसकेका छौं र प्रचारप्रसारका लागि व्यानरमा सार्वजनिक गरिसकेका छौं । अन्य कलाकारहरु संग समेत हाम्रो कुरा भईरहेको छ । हामी चाडैनै औपचारिक रुपमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनेछौं ।’

    Advertisement

    यस्तै, विजय पुन, दिपु मगर, शोभा त्रिपाठी, मञ्जु पौडेल प्रेरणा गिरी, प्रकाश कुवर, अशोक रावल र चन्द्र घायलले महोत्सव उद्घोषण गर्नेछन भने सोनी डान्स ग्रुपको समेत बेजोड प्रस्तुति रह्नेछ ।

    यस बाहेक स्थानीय कलाकारलाई प्रोत्साहन गर्न समेत विषेश रुपमा मञ्च प्रदान गरिने आयोजकले जनाएको छ ।

    Advertisement

    ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नारा सहित ए.जि.सर्भिस प्रा.लि. नेपालगञ्जको आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म सडक डिभिजन नेपालगञ्ज परिसरमा महोत्सव सञ्चालन हुनेछ ।

    महोत्सव अवलोकनको समय विहान १० बजे देखी साझा ७ बजे सम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको छ ।

    Advertisement

    जयमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापन गर्ने जिम्मा पाएको छ । यस्तै संरक्षकको रुपमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »