Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छैठौं नेपालगञ्ज महोत्सव पौष ५ देखि, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रह्ने

    २७ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ ।

    ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा छैठौं नेपालगञ्ज महोत्सव संचालन हुने आयोजकले बुधबार एक पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

    Advertisement

    विगतमा नेपालगञ्जमा महोत्सव सहित विविध कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष पनि ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित महोत्सव गर्न लागिएको ए.जि.सर्भिस नन्द बहादुर बुढाले बताए । उनका अनुसार यस महोत्सवमा कृषि, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतीक प्रदर्शनीलाई समेटिएको छ ।

    सम्मेलनमा कार्यक्रम संयोजक बुढाले भने, ‘हामीले बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं ।’

    Advertisement

    उक्त महोत्सवलाई झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

    आयोजक बुढाले मिडियामा थप जानकारी गराउदै भने, ‘छैठौं नेपालगञ्ज महोत्सवलाई उत्कृष्ट बनाउन हामीले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्थारफर्महरु संग समन्वय गरी रहेका छौं ।’

    Advertisement

    महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३ सय वटा स्टलहरु राखिएको छ जसमा ५० वटा स्टलहरु कृषि तथा पशु पन्छी, उद्यमी, लघुउद्यमीहरुलाई निशुल्क छुट्टयाइएको छ । आयोजक अनुसार लुम्बिनी प्रदेशभरका कृषकहरुलाई सहभागी गराउने र निशुल्क विविध तालिम उपलब्ध गराउने वातावरण मिलाइएको छ ।

    महोत्सव अवलोकनको समय विहान १० बजे देखी साझा ७ बजे सम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको छ ।

    Advertisement

    महोत्सवमा थारु गाँउ, बालउद्यान, सबै प्रकारका स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रह्ने आयोजकले जनाएको छ । नाईल खबरलाई जानकारी गराउदैँ कार्यक्रम संयोजक बुढाले भने, ‘कलाकारहरु संग हामी टच मै छौँ । उहाँहरु संग समन्वय भईरहेको छ । कलाकारको विषयमा पनि हामी चाडै जानकारी गराउने छौँ ।’

    आयोजक अनुसार महोत्सव स्थललाई व्यवस्थित गर्न सरसफाई थालिएको छ भने बाउन्ड्री घेराउ पनि दुरुस्त रुपमा काम थालिएको छ । महोत्सव स्थलमा स्टेज, बाउन्ड्री, स्टल, बालउद्यान लगायतका सामाग्रीहरु ल्याउने काम भईरहेको छ ।

    जयमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापन गर्ने जिम्मा पाएको छ । यस्तै संरक्षकको रुपमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »