१४ मंसिर, लमजुङ । सुत्केरी र शिशुको मृत्यु भएको घटनापछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ ।
गत सोमबार मर्स्याङ्दी गाउँपालिकाकी एक जना २६ वर्षीय सुत्केरी भर्ना हुन आएकोमा सोही दिन उनले मृत शिशुलाई जन्म दिएकी थिइन् । थप उपचारका लागि उनलाई चितवन रेफर गरेपनि उपचारकै क्रममा बुधबार मृत्यु भएको थियो ।
Advertisement
जस पश्चात आक्रोशित आफन्तले अस्पतालमै नाराबाजी गर्दै चिकित्सक माथि हातपात समेत गरेका थिए ।
घटनाबारे छानबिन गर्न वार्ता समिति गठन भएपनि बिहीबार आफन्तले अस्पताल परिसरमा तोडफो गरेका छन । पीडितका आफन्तले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको छ ।
उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ ।
Advertisement
पिडित पक्षहरुले अस्पतालमा तोडफोड गर्ने, सडकमा टायर बाल्ने र ढुङ्गामुढा गर्न थालेपछि प्रहरी लाठी चार्जसँगै ८ सेल (अश्रुग्यास) हवाई फायर गरेको छ ।
पीडित पक्षको ढुङ्गा मुढा प्रहारबाट २ जना प्रहरी घाइते भएका छन ।
Advertisement
तस्विर : रुटिनमा लमजुङ बन्द
टिप्पणीहरू