Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कांग्रेसमा उपसभापति र महामन्त्री किन महिला छैनन् ? : आरजु देउवा

    १४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने विषय उठाउने बताएकी छन् ।

    काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी छन । कांग्रेस पदाधिकारीमा सहमहामन्त्रीमा मात्र महिला आरक्षण रहेको भन्दै उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् ।

    Advertisement

    ‘खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि । अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । खाली मेम्बर मात्रै हुने । हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन ?’, उनले प्रश्न गरिन् ।

    केन्द्रीय सदस्य देउवाले ३३ प्रतिशत निर्वाचन क्षेत्रमा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनैपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताइन् । ‘सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्सन लड्ने ठाउँ अब बनाउनै पर्छ’, उनले भनिन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »