१४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाट देखि पूर्वको चिवाभञ्ज्याङ सम्मको पदयात्रा आजबाट सुरु गरेको छ ।
१ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा आजबाट सुरु हुने पदयात्राको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रविन्दु बैतडीको झुलाघाटमा गरेका छन् ।
Advertisement
एमालेले सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेत सम्मको ३ सय ५८ किलोमिटर यात्राका बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा विभिन्न कार्यक्रम गर्ने बताएको छ ।
संकल्प यात्राले देशको पहाडी क्षेत्रको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्रमापर्ने राजमार्गको सुरुवाती विन्दु झुलाघाट नै भएकाले आर्थिक, सामाजिक थुप्रै सम्भावनालाई पहिल्याउँदै समृद्धिको बिगुल फुकिने एमालेको दाबी छ ।
Advertisement
१९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने एमालेले जनाएको छ ।

















टिप्पणीहरू