१४ मंसिर, काठमाडौँ । विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि सरकारले देशभरिका एक सय २० अस्पताललाई तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकेको हो । तोकिएका अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् ।
Advertisement
निर्देशिकाअनुसार गरिब, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख छ ।
कोशीका १५, मधेसका नौ, बाग्मतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कणर्ालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् । निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलियत दिइने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि चार लाख र औषधिका लागि एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि एक लाख दिने उल्लेख छ ।
Advertisement
















टिप्पणीहरू