Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विद्युत महशुल अभियान : ज्ञान सागर मा.वि.परसपुरको लाइन काटियो

    १५ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको ज्ञान सागर मा.बि. विद्युत बिहीन भएको छ ।

    ज्ञान सागर मा.वि. परसपुरको विदुत महशुल २० हजार बाँकी रहेको बुझिएको छ । विद्युत महशुल बुझाउन पटक-पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि बुधबार दिवसो ज्ञान सागर मा.वि. को विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जले जनाएको छ ।

    Advertisement

    विद्युत महशुल रकम बुझाउन पटक-पटक पत्राचार गर्दा पनि ज्ञान सागर मा.बि.ले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नुपरेको नेपालगञ्ज शाखा प्रमुख भवानी चन्दले जानकारी गराए ।

    उनले भने, ‘हामीले पटक-पटक विद्युत महसुल बुझाउन सुचना मार्फत ताकेता गर्दै आएका थियौँ । ज्ञान सागर मा.बि.ले कुनै पनि प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो ।’

    Advertisement

    ज्ञान सागर मा.बि.का लेखालाई फोन गर्दा मोबाइलमा सम्पर्क हुननसेपछि लाईन काटिएको बुझिएको छ । लाइन काटेको महिना सम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान पनि प्राधिकरणको विनियमावलीमा रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »