Close sidebar
  • ताजा
  • लोकप्रिय
  • खजुरामा तीज महोत्वसको तयारी तीब्र

    २० भदौ, बाँके । बाँकेको खजुरामा असोज १ गते बृहत तीज महोत्सव हने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिले आयोजना गर्न लागेको ‘१८ १८औं बृहत खजुरा तीज महोत्सव – २०८०’को तयारी तीव्र रुपमा भई रहेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए ।

    २२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरता क्रममा यसवर्षको महोत्सवलाई भब्य बनाउने तयारी रहेको बुढाथोकीले बताए । उनले तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको उल्लेख गर्दै बाँके र बर्दियाका अवलोकन कर्ता तथा ब्रतालु दिदीबहिनीहरुको खजुरामा तूजा गर्न आउने र तीज गीतमा रमाउने परम्परा बस्तै आएको बताए ।

    Advertisement

    मौलिक शैलीमा आफै मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा व्यवस्था मिलाइएको उनले जानकारी गराए ।

    बुधबार पत्रकार सम्मेलन मार्फत आयोजकले समूहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहेको महेत्सवमा ५० हजार बढी दर्शक र ब्रतालुहरुको भेला हुने आयोजकले अपेक्षा गरेको जनाएको छ ।

    Advertisement

    सम्मेलनमा बोल्दै क्षेत्र संरक्षणका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले पाँच दशक देखि लक्ष्मीनारायण परिषरमा स्वतः भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले व्यवस्थापन मात्र गरेको बताए । तीजको दिन स्वतः खजुरामा हजारोंको संख्यामा दिदीबहिनीहरुको जमघट हुने गरेको बताउँदै उनले यस वर्ष खजुराको वारी र पारी दुवै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण बढ्ने जानकारी गराए ।

    महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मौलिकता हराएको अवस्थामा आफै मादल बजाएर मौलिक भाकामा प्रस्तुतिकरण हुने तीज गीत र तीजको एकल नृत्यु प्रतियोगिता महोत्सवका आकर्षण हुनेसमेत आयोजक क्षेत्र संरक्षण समितिले जानकारी दिएको छ ।

    Advertisement

    प्रतियोगी सहित मेला भर्न आउने मौलिक नेपाली पहिरन लगाएर आउने दर्शकबाट मूल्यांकन गरेर पुरस्कृत गरिने समेत अध्यक्ष बुढाथोकीले बताए । साथै महोत्सवमा एकल तथा सामूहिक नृत्य प्रतियोगितासमेत आयोजना हुने भएकाले विजेताहरुका लागि नगद पुरस्कारसमेत व्यवस्था गरिएको उनले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »